गृहपृष्ठ ट्राफिक नियम उल्लंघन गर्नेलाई अब डिजिटल चिट
ट्राफिक नियम उल्लंघन गर्नेलाई अब डिजिटल चिट
सरकारले काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई डिजिटल चिट (ई(चलान) दिने प्रणाली सुरु गरेको छ ।
आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा गृहमन्त्री रमेश लेखकले ट्राफिक उल्लंघन रेकर्ड सिस्टम (टिभिआरएस) को ई–चलान (डिजिटल चिट)को उद्घाटन गरेका छन् ।
ट्राफिक प्रहरीका अनुसार डिजिटल चिटको कार्यान्वय पहिलो चरणमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा कार्यान्वयनमा हुनेछ ।
आजदेखि सुरू गरिएको उक्त डिजिटल चिटमा उल्लेखित जरिवाना रकम सवारी चालकहरूले डिजिटल पेमेन्ट वालेटमार्फत तत्काल भुक्तानी गर्न सकिनेछ ।
प्रकाशित समय : १७:२६ बजे




















