global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ घरेलु मैदानमा अन्तिम खेल खेल्ने शकिबको सपना अधुरो

घरेलु मैदानमा अन्तिम खेल खेल्ने शकिबको सपना अधुरो

घरेलु मैदानमा अन्तिम खेल खेल्ने शकिबको सपना अधुरो

बंगलादेशका अहिलेसम्मकै उत्कृष्ट क्रिकेट शकिब अल हसनको क्रिकेट क्यारियरको अन्त्यको संकेत देखिएको छ ।

घरेलु मैदानमा आफ्नो अन्तिम टेस्ट खेल्ने बताएका शकिबले विरोधको सामना गर्नुपर्नेपछि दक्षिण अफ्रिकाविरुद्धको टेस्टबाट बाहिर राखिएको छ । अक्टोबर २१ देखि हुने टेस्ट खेलमा शकिबको स्थानमा लेफ्ट आर्म स्पिनर हसन मुरादलाई टिममा सामेल गरिएको छ । योसँगै घरेलु दर्शकका अगाडी अन्तिम टेस्ट खेल खेल्ने शकिबको सपना अधुरो रहने सम्भावना देखिएको छ ।

अमेरिकाबाट ढाका फर्किनेक्रममा दुबई पुगेका शकिबलाई दुबईपनि पर्खिन भनिएको बताइएको छ । ढाकामा शकिबलाई टिम बाहिर राख्न माग गर्दै प्रदर्शन जारी रहेपछि बंगलादेश क्रिकेट बोर्डले शकिबलाई देश नफर्किन सुझाव दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । अघिल्लो महिना भारतविरुद्धको टेस्टका क्रममा शकिबले घरेलु मैदानमा अन्तिम टेस्ट खेल खेल्ने इच्छा व्यक्त गरेका थिए । साथै बंगलादेशमा आफुविरुद्ध जारी विरोधप्रति संकेत गर्दै उनले आफ्नो यो नै अन्तिम टेस्ट हुनसक्ने पनि बताएका थिए ।

बंगलादेशमा खेल्ने सम्भावना कम हुदै गएपछि शकिबले सामाजिक सञ्जालमा केहिदिन अघि लेखेका थिए-म तपाईंहरू वरपरका सबैसँग बिदाइ गर्न चाहन्छु । विदाईको क्षणमा, म तपाईहरुसँग हात मिलाउन चाहन्छु जसको तालीले मलाई अझ राम्रो खेल्न बाध्य बनायो । म ती आँखाहरू भेट्न चाहन्छु जसले राम्रो खेल्दा रमाईलो गरे भने नराम्रो खेल्दा आँखा आँसुले भरिएको थियो ।

साथै गत जुलाई-अगस्तमा भएको विद्यार्थी आन्दोलनका क्रममा चुप बसेकोप्रति माफी समेत मागेका थिए ।

अगस्तमा सेख हसिनाले देश छोडेदेखि नै शकिब बंगलादेश फर्किन सकेका छैनन् । हसिनाको दल अवामी लिगका निर्वाचित सांसद रहेका शकिबविरुद्ध बंगलादेशमा मुद्धा समेत दायर भएको छ । अगस्तमा सरकार विरोधी आन्दोलन चर्किदै गर्दा शकिब भने क्यानडामा ग्लोबल टी(२० लिग खेलिरहेका थिए । त्यसपछि उनी पाकिस्तान गएर बंगलादेशले जितेका दुई टेस्टको सिरिज खेलेका थिए । त्यसपछि सेप्टेम्बरमा शकिब बेलायत पुगेर सर्रेका लागि एक फर्स्ट क्लास खेल खेलेका थिए । बेलायतपछि उनी भारत आएर टेस्ट सिरिज खेलेका थिए ।

बंगलादेश बोर्डले पहिलो टेस्टबाट शकिबलाई बाहिर राखिएको उनी आफ्नो क्यारियरको अन्तिममा रहेपनि बोर्डको सिस्टम भित्र नै रहेको बताएको छ । साथै बोर्डले अक्टोबर २९ देखि हुने दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा शकिब खेल्ने वातावरण बन्ने विश्वास व्यक्त गरेको छ ।

शकिब विश्वकै उत्कृष्ट अल राउण्डर क्रिकेटर हुन् । उनले बंगलादेशका लागि ७१ टेस्टमा ५ शतक र ३१ अर्धशतकसहित ४६०९ रन बनाएका छन् भने २४६ विकेट लिएका छन् । त्यस्तै २४७ एकदिवसीय खेलमा ९ शतक र ५६ अर्धशतकसहित ७५७० रन बनाएका छन् भने ३१७ विकेट पनि लिएका छन् ।

त्यसैगरी १२९ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै शकिबले २५५१ रन बनाएका छन् भने १४९ विकेट लिएका छन् ।

प्रकाशित समय : ११:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु