global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ दिल्लीको एयर क्वालिटी इन्डेक्स खतरनाक श्रेणीमा

दिल्लीको एयर क्वालिटी इन्डेक्स खतरनाक श्रेणीमा

दिल्लीको एयर क्वालिटी इन्डेक्स खतरनाक श्रेणीमा

भारतको राजधानी दिल्लीको एयर क्वालिटी इन्डेक्स खतरनाक श्रेणीमा पुगेको छ ।

प्रदुषणको स्तर मापन गर्ने आइक्यूएयरका अनुसार शनिबार बिहान दिल्लीको एयर क्वालिटी इन्डेक्स ४२७ रहेको छ । यो हाल विश्वकै कुनै पनि शहरको प्रदुषण स्तरमा सबै भन्दा बढी हो । यस्तो अवस्थामा आगामी दिनमा मानिसहरूलाई श्वासप्रश्वासमा थप समस्या हुन सक्ने चेतावनी दिइएको छ ।

दिल्लीमा १३ प्रदुषण हटस्पट छन् । दिल्ली सरकारले प्रदूषण न्यूनीकरणका लागि समन्वय समिति गठन गरेर धुलो प्रदुषण कम गर्न राजधानीमा ८० वटा मोबाइल एन्टी स्मोग गन राखिएको बतएको छ ।

दिल्लीपछि पाकिस्तानको लाहोर शहरको एयर क्वालिटी इन्डेक्स ४१२ रहेको छ । यस सूचीमा काठमाडौँको एयर क्वालिटी इन्डेक्स अहिले १६२ रहेको छ जुन अस्वस्थ्य मानिन्छ ।

१५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था ९खतरनाक० मानिएको छ ।

प्रकाशित समय : १०:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु