global ime bank Long Banner Ad

गृहपृष्ठ सिनवारको मृत्युको हमासले पनि गर्यो पुष्टि

सिनवारको मृत्युको हमासले पनि गर्यो पुष्टि

सिनवारको मृत्युको हमासले पनि गर्यो पुष्टि

हमासका एक वरिष्ठ सदस्यले आफ्नो समूहका नेता याह्या सिनवारको मृत्यु भएको पुष्टि गरेका छन् ।

एक भिडियो सन्देशमा, हमासका उपनेता खलील अल(हयाले उनको समूह प्यालेस्टिनी जनताको महत्वाकांक्षा पूरा गर्न आफ्नो मार्गमा जारी रहने बताउदै सिनवारको मृत्युले हमासलाई बलियो बनाउने बताएका हुन् ।

उनले इजरायलबाट गत वर्ष अक्टोबर ७ मा बन्धक बनाएका मानिसहरूलाई गाजामा इजरायली कारबाही समाप्त नभएसम्म र गाजा पट्टीबाट आफ्ना सेनाहरू पूर्ण रूपमा फिर्ता नगरेसम्म रिहा नगरिने बताएका छन् ।

सिनवारपछि अल(हया हमासका सबैभन्दा वरिष्ठ नेता हुन् । इजरायली सेनाले गाजामा उपस्थित हमास नेता याह्या सिनवार मारिएको बताएको थियो ।

इजरायलले गत वर्ष अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणको मुख्य षड्यन्त्रकारी सिनवारलाई भन्दै आएको छ । इजरायली सेनाका अनुसार दक्षिणी गाजामा कार्यरत सैनिकहरूले सिनवारलाई भवनभित्र मारेका थिए ।

 

प्रकाशित समय : २०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु