गृहपृष्ठ स्थानीय पूर्वाधार आयोजनालाई प्रभावकारी बनाउने गरि उपप्रधानमन्त्री सिंह छलफलमा
स्थानीय पूर्वाधार आयोजनालाई प्रभावकारी बनाउने गरि उपप्रधानमन्त्री सिंह छलफलमा
उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउने गरि छलफल शुरु गरेका छन् ।
शुक्रबार पुल्चोकस्थित स्थानीय पूवाृधार विकास आयोजनाको सभाहलमा आयोजना अन्तर्गतका सातै प्रदेशका आयोजना प्रमुख, आयोजनाका महानिर्देशक सहितसँग आयोजनाबारे समिक्षात्मक छलफल गरेका हुन् ।
आयोजनाको अन्तिममा समिक्षा गर्दा कार्यान्वयन फितलो भइसकेको हुने भन्दै उपप्रधामनमन्त्री सिंहले शुरुमै आयोजना कार्यान्वयनका समस्या पहिचान गर्ने गरि छलफल शुरु गरेका छन् । उनले कामलाई प्रभावकारी बनाउन नीतिगत विषयमै बढी जोड दिने पनि बताए । ‘तपाईंहरुसँगको छलफलपछि समस्या के छ रु भन्ने जानकारीमा आएको छ । यो छलफल परिणामका लागि हो । समस्या सुन्ने मात्र होइन समाधानका लागि पहल गर्छु ।’
उनले छलफलमा स्थानीय पूर्वाधार विकास आयोजना अन्तर्गत सातै प्रदेशका आयोजना प्रमुखहरुले चालू आर्थीक वर्षमा भएका योजनाका उपलब्धीहरु, भोग्नुपरेका समस्या र भइरहेका कामबारे विस्तृतमा प्रस्तुतीकरण गरेका थिए । त्यस्तै, असोजमा आएको बाढीका कारण भएको क्षती र बाढी पछि भएका कामबारे पनि जानकारी गराएका थिए ।
शहरी विकास मन्त्रालयअन्तर्गतका झोलुंगेपुल र सडकहरुमा बाढीका कारण क्षती पुगेको छ । आयोजनाका विभिन्न प्रदेशका प्रमुखहरुले पूर्व तयारी भएका आयोजनामा बजेट नपर्ने तर नयाँ आयोजना थपिनेक्रम रोक्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै, एउटै आयोजनामा पनि डुप्लिकेसनको समस्या रहेको भन्दै त्यसलाई रोक्ने गरि पहल गर्नुपर्ने बताएका थिए ।
मन्त्रालयका सचिव मणिराम गेलालले चालू आवको विनियोजित कार्यक्रमहरु सम्पन्न गर्न देखापरेका समस्या,समाधानका उपाय र आयोजनाकातर्फबाट विभाग र मन्त्रालयसँगको अपेक्षाबारेको छलफलले धेरै विषय प्रष्ट भएको भन्दै यसले आगामी दिनमा काम गर्दा थप सहज हुने बताए ।
प्रकाशित समय : १६:५५ बजे



















