global ime bank Long Banner Ad

गृहपृष्ठ सुरेशको स्वर, टिकाको संगीतमा रहेको ‘पल पलमा’ सार्वजनिक

सुरेशको स्वर, टिकाको संगीतमा रहेको ‘पल पलमा’ सार्वजनिक

सुरेशको स्वर, टिकाको संगीतमा रहेको ‘पल पलमा’ सार्वजनिक

गायक सुरेश लामाको सुमधुर स्वरमा सजिएको पल पलमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा शब्द बिष्णु बाबु देवकोटाको रहेको छ। टिका दाहालले संगीतवद्द गरेको यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा नविन न्यौपाने र अन्शुला कार्कीबीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। युयुश ढकालले छायाँकन गरेको यस भिडियोमा आरती लिम्बुको सम्पादन रहेको छ। भिडियोको निर्माता केशब पाण्डे र सरोजा शर्मा हुन्। बिचित्र फिल्मसले निर्माण गरेको यस भिडियोलाई नविन न्यौपानेको निर्देशनमा तयार पारिएको हो। भिडियो अमेजिंङ प्राइम नेपाल नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

प्रकाशित समय : १६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु