global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ स्थानीय तहको उपनिर्वाचनमा महिलाको उम्मेदवारी बारे आयोगको निर्देशन

स्थानीय तहको उपनिर्वाचनमा महिलाको उम्मेदवारी बारे आयोगको निर्देशन

स्थानीय तहको उपनिर्वाचनमा महिलाको उम्मेदवारी बारे आयोगको निर्देशन

निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा प्रमुख वा उपप्रमुख मध्ये एक पुरुषले हाल कार्यभार सम्हालेको अवस्थामा महिलाको उम्मेदवारी दिन राजनीतिक दललाई निर्देशन दिएको छ ।

आयोगले स्थानीय तहको उपनिर्वाचनमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको जनाएको छ ।

आयोगले भनेको छ-

मिति २०८१/०६/३० मा बसेको बैठकले निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारबाट संवत् २०८१/०८/१६ आइतबारका दिन सम्पन्न हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनमा रिक्त रहेका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख पदमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ को उपदफा ९४० बमोजिम उम्मेदवारको मनोनयन पत्र पेश गर्दा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा संवत् २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हाली रहेको स्थानीय तहमा रिक्त रहेको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उमेम्दवार रहने गरी मनोनयन पत्र पेश गर्न उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको छ ।

प्रकाशित समय : १५:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु