global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ भारतको बिहारमा विषाक्त मदिरा सेवनका कारण २४ जनाको मृत्यु

भारतको बिहारमा विषाक्त मदिरा सेवनका कारण २४ जनाको मृत्यु

भारतको बिहारमा विषाक्त मदिरा सेवनका कारण २४ जनाको मृत्यु

बिहारमा विषाक्त मदिराका कारण २४ जनाको मृत्यु भएको छ । भारतीय मिडियाहरुका अनुसार विहारको सिवान र सारण जिल्लामा अहिलेसम्म विषाक्त मदिरा सेवनका कारण २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । सिवान जिल्लामा २० जनाको मृत्यु भएको छ भने सारण जिल्लामा चार जनाको मृत्यु भएको छ ।

सरण जिल्लाको मसरख क्षेत्र र सिवानको भगवानपुर बजार क्षेत्र मुख्य रूपमा प्रभावित भएको बताइएको छ । राज्य सरकारले यो घटनालाई गम्भीरताका साथ लिएको र बिहार पुलिस कडा कारबाही गर्न तयार भएको बताएको छ ।

यस घटनामा अहिलेसम्म ९–१० जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले बताएको छ ।

मुख्यमन्त्री नितिश कुमारले लागुऔषध निषेध, उत्पादन तथा पञ्जीकरण विभागका सचिवलाई घटनास्थलमा गएर सम्पूर्ण अवस्थाको जानकारी लिन निर्देशन दिएका छन् । बिहारमा सन् २०१६ देखि मदिरा प्रतिबन्ध कानुन लागू रहेको छ ।

प्रकाशित समय : १५:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु