global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ तीन पुर्व क्रिकेटरलाई ‘आइसीसी हल अफ’ फेम सम्मान

तीन पुर्व क्रिकेटरलाई ‘आइसीसी हल अफ’ फेम सम्मान

तीन पुर्व क्रिकेटरलाई ‘आइसीसी हल अफ’ फेम सम्मान

आइसीसीले तीन पुर्व क्रिकेटरलाई ‘आइसीसी हल अफ’ फेम सम्मान दिएको छ ।

आइसीसीले बुधबार दक्षिण अफ्रिकाका एबी डिभीलियर, इङल्याण्डका एलस्टर कुक र भारतकी नितु डेभिडलाई आइसीसी हल अफ फेम सम्मान दिएको हो ।

डिभीलियर्सले दक्षिण अफ्रिकाका लागि ११४ टेस्ट, २२८ एकदिवसीय र ७८ टी- २० खेल खेलेका छन् । उनले टेस्ट क्रिकेटमा ८ हजार ७६५ एकदिवसीय खेलमा ९ हजार ५७७ र टी- २० मा १६७२ रन बनाएका छन् ।

त्यस्तै इङल्याण्डका पुर्व खेलाडी कुकले १६१ टेस्टमा १२ हजार ४७२ रनम ९२ एकदिवसीय खेलमा ३ हजार २०४ रन र ४ टी-२० मा ६१ रन बनाएका थिए ।

त्यसैगरी भारतकी नितु डेभिडले १० टेस्टमा ४१ विकेट लिएकी छन् भने ९७ एकदिवसीय खेलमा १४१ विकेट लिएकी थिइन् ।

आइसीसीले हरेक बर्ष आ-आफ्नो देशबाट विशिष्ट योगदान गरेका क्रिकेटरलाई आइसीसी हल अफ फेमबाट सम्मान गर्ने गरेको छ । अहिलेसम्म विश्वका कुल ११५ क्रिकेटरले यो सम्मान पाएका छन् ।

अहिलेसम्म सबैभन्दा बढी इङल्याण्डका ३३ क्रिकेटरले आइसीसी हल अफ फेममा स्थान बनाएका छन् भने अस्ट्रेलियाका २९, वेस्ट इन्डिजका २१, भारतका १०, पाकिस्तान र दक्षिण अफ्रिकाका ७-७, श्रीलंकाका ४, न्यूजील्याण्डका ३ र जिम्बाबेका एक खेलाडी यस सूचीमा रहेका छन् ।

आइसीसीले २००९ देखि आइसीसी हल अफ फेम सम्मान घोषणा गर्न थालेको हो ।

 

प्रकाशित समय : १८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु