global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नाडालले सिजनको अन्त्यसँगै संन्यास लिने

नाडालले सिजनको अन्त्यसँगै संन्यास लिने

नाडालले सिजनको अन्त्यसँगै संन्यास लिने

राफेल नाडालले यस सिजनको अन्त्यसँगै टेनिसबाट संन्यास लिने बिहीबार घोषणा गरेका छन् । यससँगै २२ पल्टका ग्रान्ड स्लाम उपाधि विजेता स्पेनी खेलाडीको खेल जीवनमा पूर्णविराम लाग्नेछ ।

अर्को महिना मालागामा हुने डेविस कप ३८ वर्षीय खेलाडीको अन्तिम प्रतियोगिता हुनेछ र उनले त्यसमा स्पेनको प्रतिनिधित्व गर्दै खेल्नेछन् । चोटका कारण पछिल्लो दुई वर्ष उनी सक्रिय टेनिसबाट टाढै रहे ।

 

यसैक्रममा गत वर्ष उनले सन् २०२४ नै आफ्नो खेल जीवनको अन्तिम वर्ष हुन सक्ने बताएका थिए । भिडियो सन्देशमा नाडालले भनेका छन्, ‘म सबैलाई भन्न चाहन्छु, म व्यावसायिक टेनिस जीवनबाट संन्यास लिँदैछु । पछिल्ला दुई वर्ष निकै कठिन साबित भए ।’

‘किङ्ग अफ क्ले’ का रूपमा परिचित नाडालले कीर्तिमान १४ पल्ट फ्रेन्च ओपन जितेका छन् ।

प्रकाशित समय : २१:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु