गृहपृष्ठ एमालेले पार्टीको नयाँ केन्द्रिय भवन कीर्तिपुरमा बनाउने
एमालेले पार्टीको नयाँ केन्द्रिय भवन कीर्तिपुरमा बनाउने
सत्तारुढ दल नेकपा एमालेले पार्टीको नयाँ केन्द्रिय भवन निर्माण गर्ने निर्णय गरेको छ।
बिहीबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले पार्टीको नयाँ केन्द्रिय कार्यालय कीर्तिपुर नगरपालिका २ मा निर्माण गर्ने निर्णय गरेको हो।
उक्त कार्यालय मदन भण्डारी स्मृति भवनको नाममा शुक्रवार १२ः२५ मिनेटमा शिलान्यास हुने छ।
त्यस्तै बैठकले विपद्पछिको पुनःनिर्माण, पुनःस्थापना र राहत कार्यमा जुट्न पार्टीका नेता/कार्यकर्ता र जनप्रतिनिधिहरूलाई आह्वान गरेको छ।
प्रकाशित समय : १८:४८ बजे



















