global ime bank Long Banner Ad

गृहपृष्ठ सैँका लागि कैदीबन्दीलाई खसी र नगद

सैँका लागि कैदीबन्दीलाई खसी र नगद

सैँका लागि कैदीबन्दीलाई खसी र नगद

सङ्खुवासभा उद्योग वाणिज्य सङ्घले जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी र नगद उपलब्ध गराएको छ ।

बडादसैँको अवसरमा जिल्ला कारागारका एक सय ३४ कैदीबन्दीका लागि ३० किलो बराबरको खसी र नगद पाँच हजार उपलब्ध गराएको सङ्घका वरिष्ठ उपाध्यक्ष डेगराज बस्नेतले जानकारी दिए । उनले आज एक कार्यक्रमबीच निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेलाई नगदसहित खसी हस्तान्तरण गरेका थिए।

सङ्घका महासचिव सरोज बज्राचार्यले कानुनबमोजिम कारबाही भोगिरहे पनि मानवीय संवेदनालाई ख्याल गरेर पर्वका समयमा कैदीबन्दीलाई सहयोग गरिएको बताए।

प्रकाशित समय : १८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु