global ime bank Long Banner Ad

गृहपृष्ठ जनकपुरधामका शक्तिपीठ तथा दुर्गा मन्दिरमा फूलपाती भित्र्याइयो

जनकपुरधामका शक्तिपीठ तथा दुर्गा मन्दिरमा फूलपाती भित्र्याइयो

जनकपुरधामका शक्तिपीठ तथा दुर्गा मन्दिरमा फूलपाती भित्र्याइयो

विजया दशमीको सप्तमी तिथिका दिन आज जनकपुरधामका विभिन्न शक्तिपीठ तथा दुर्गा मन्दिरमा धुमधामका साथ फूलपाती भित्र्याइएको छ । प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा बाजागाजासहित फूलपाती भित्र्याइएको राम युवा कमिटीका अध्यक्ष सरोज साहले बताए । फूलपाती भित्र्याउन नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाका ब्यान्ड सहभागी भएका थिए ।

सुरक्षा निकायका तर्फबाट राजदेवी मातालाई सलामी अर्पण गरिएको थियो । आज भित्र्याइको फूलपाती दसैँ घर वा पूजा घरमा राख्ने चलन छ । जनकपुरधामका अन्य शक्तिपीठहरु पल्टीमाई, पियरीयामाई, गहवामाई, अमरखाना, बौधीसहितका शक्तिपीठका साथै विद्यापति तथा रामानन्द चोकमा रहेको दुर्गा मन्दिरमा विधिपूर्वक फूलपाती भित्र्याइएको छ ।

वैदिक विधिअनुसार घटस्थापना देखि शुरु दशैँको आठौँ दिन भएपनि सातौँ दिनको कालरात्रीको पूजा आज गरिने कार्यक्रम छ । आज मध्यरातमा विधिपूर्वक कुभिन्डोको बली दिने र त्यसपछि कालरात्रीको पूजा विधिअनुसार मन्दिरको तर्फबाट एक जोडी बोका बली दिने छ । शुक्रबार महाअष्टमीका दिन अन्य भक्तजनहरूको तर्फबाट भाकलअनुसारका बोला बली दिइने गरिन्छ ।

प्रकाशित समय : १६:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु