गृहपृष्ठ सहाराविहीन बालबालिकालाई निःशुल्क शिक्षा
सहाराविहीन बालबालिकालाई निःशुल्क शिक्षा
तनहुँको व्यास नगरपालिकाद्वारा सञ्चालित व्यास नगर समता विद्यालयले बेसहारा ५५ बालबालिकालाई आवाससहितको निःशुल्क शिक्षा प्रदान गरेको छ । व्यास–७ कलेस्तीस्थित विद्यालयले विपन्न र अभिभावकविहीन बालबालिकालाई उक्त सुविधा उपलब्ध गराएको हो ।
शिक्षाबाट बालबालिका वञ्चित हुन नपरोस भनी विद्यालय स्थापना गरिएको व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए। “म आफैँ शिक्षा क्षेत्रबाट आएको व्यक्ति भएकाले समाजका असहाय बालबालिकालाई गुणस्तरीय शिक्षा दिन यो विद्यालयको स्थापना गरेको हुँ,” उनले भने। नगरप्रमुख न्यौपानेले विद्यालयलाई नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।
प्रकाशित समय : १४:०२ बजे