global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ डा. डीआर उपाध्यायलाई वान स्टार लण्डनको सम्मान

डा. डीआर उपाध्यायलाई वान स्टार लण्डनको सम्मान

डा. डीआर उपाध्यायलाई वान स्टार लण्डनको सम्मान

विश्वकीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई वान स्टार लण्डनले सम्मान गरेको छ ।

डा. उपाध्यायले गीत संगीत तथा विविध क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान गरिएको वान स्टार लण्डन लिमिटेड युकेले जनाएको छ । डा. उपाध्यायलाई १५३ विश्व कीर्तिमान कायम गरेकोमा विशेष सम्मान अर्पण गरिएको जनाइएको छ ।

यो संस्था विश्वको चर्चित संस्था मध्ये एक रहेको र यसले सेलेक्टेड व्यक्तिहरूलाई मात्र सम्मान गर्ने गरेको पाइएको डा. उपाध्यायले बताए।

डा. उपाध्यायले विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गरेका छन् । यस्तै, उनका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गरेको उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।

प्रकाशित समय : ११:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु