global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ रामबाबु ज्ञानु सामाजिक सेवा कोषबाट चार संस्था सम्मानित

रामबाबु ज्ञानु सामाजिक सेवा कोषबाट चार संस्था सम्मानित

रामबाबु ज्ञानु सामाजिक सेवा कोषबाट चार संस्था सम्मानित

रामबाबु-ज्ञानु सामाजिक सेवा कोषले सामाजिक क्षेत्रमा कार्यरत चार संस्थालाई सम्मान गरेको छ । कोषले आज काठमाडौँमा आयोजना गरेको एक कार्यक्रमबीच सामाजिक क्षेत्रमा कार्यरत चार संस्थालाई नगद पाँच लाखसहित सम्मान गरेको हो ।

कोषका अध्यक्ष ध्रुव नेपालले यस वर्ष रु. दुई लाख राशिको रामबाबु-ज्ञानु सामाजिक सेवा पुरस्कार नेपालगञ्जको नीलसागर सेवाश्रम, रामबाबु-ज्ञानु समाजसेवी पुरस्कारबाट इटहरीको माया घर नेपाल, काठमाडौँ गोकर्णेश्वरको अपांगता पुनः स्थापना केन्द्र र काठमाडौँ टोखाको हाम्रो बाल संरक्षण धरोहर नेपाललाई अपर्णा गरिएको छ । तीनवटै संस्थालाई जनही एक लाखसहित सम्मानित गरिएको थियो ।

कार्यक्रममा पूर्वमुख्यसचिव डा. विमल कोइरालाले सामाजिक सेवा स्वच्छ भावनाले गर्नुपर्ने धारणा राखे। कार्यक्रममा समाजसेवामा महिलाको योगदान’ विषयमा धीर भण्डारीले खोजमूलक प्रवचन प्रस्तुत गरेका थिए। पुरस्कृत हुने प्रतिभाको छनौट पाँच सदस्यीय स्वतन्त्र समूहले गरेको त्यस अवसरमा जानकारी दिए ।

प्रकाशित समय : १८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु