global ime bank Long Banner Ad

गृहपृष्ठ घरवास सञ्चालन गर्ने सीप सिक्दै युवा

घरवास सञ्चालन गर्ने सीप सिक्दै युवा

घरवास सञ्चालन गर्ने सीप सिक्दै युवा

स्  देशकै एकमात्र शिकार आरक्ष ढोरपाटन । युवादेखि पाका पुस्ताको रोजाइँको गन्तव्य हो । हिउँद वा वर्खा बागलुङ–बुर्तिबाङ र ढोरपाटन–सालझण्डी सडकमा गुड्ने अधिकांश सवारीसाधनले ढोरपाटन पुग्ने यात्री बोकेकै हुन्छन् । आरक्षको तल्लो भाग पाटन पुग्ने धेरै छन् । अधिकांश पर्यटक ढोरपाटनको नाममा पाटन पुगेर फर्किन्छन् । आरक्ष क्षेत्रका बुकीलगायत अझ धेरै मनोरम प्राकृतिक क्षेत्रमा पर्यटक नपुगी फर्किन्छन् ।

ढोरपाटनमा पर्यटक पु¥याउने र अड्याउने चिन्तासँगै अझ धेरै चुनौती गास, बासको छ । एकाद खुलेका रेष्टुराले पर्यटकको भोक मेटाइरहेका छन् । गतिलो थकाइ मार्ने ठाउँ छैन । स्थानीयसँग प्रशस्त उत्पादन र स्रोत छ तर त्यसको उपभोग पर्यटकले गर्नै पाएका छैनन् ।

अब भने ढोरपाटन पुग्ने पर्यटकका लागि गास, बासको समस्या सुल्झिने छ । सेकुवा, कचिला, साधेको भट्मास, छोइला बजारका रेष्टुरेण्टका रोजाइँका खाजा हुन् । तारेको भटमास, नेवारी खाजा सेट, स्थानीय खानाका परिकार, कोदोको ढिँडो, सिस्नो, कर्कलो, आटो, दूध मोहीका परिकार अब ढोरपाटन घुम्न जानेले रोजी रोजी खान पाउँछन् ।

ढोरपाटनमा सदियौँदेखि जीवनयापन गरिरहेका सर्वसाधारणकै शैलीमा बास बस्छन्, अनि प्रकृतिको अनुपम आनन्द लिएर पर्यटक फर्किने छन् । अहिले बुर्तिबाङ बजारमा ढोरपाटन र निसीका २७ युवाले तिनै पर्यटकलाई लक्षित गरेर घरवास चलाउने सीप सिकिरहेका छन् । विसं २०६७ देखि धुलिखेलमा पात्लेखेल सामुदायिक होमस्टे संचालन गरिरहेका नारायण लामाले उनीहरुलाई स्थानीय खानाका परिकार बनाउन सिकाइ रहेका छन् ।

“अर्गानिक उत्पादन नै यो क्षेत्रमा होमस्टे सञ्चालन गर्न सकिन्छ भन्ने प्रमुख विशेषता हो । सहभागिले पनि स्थानीय उत्पादनकै परिकार बनाउन सिक्ने रुचि देखाउनुभएको छ”, उनले भने, “यो क्षेत्रमा प्रकृतिसँग रमाउँदै स्थानीय स्वाद लिनको लागि उपयुक्त लाग्यो ।”

सहभागीले मकैको विस्कुट, स्याउको मदिरा, महका परिकार, कोदोलगायत उत्पादनकै विभिन्न परिकार बनाउने तरिका सिक्दै छन् । स्थानीय उत्पादनका परिकारसँगै यो क्षेत्रको बारेमा जानकार युवाले पथप्रर्दशकै काम गरे पनि रोजगार पाउने लामा बताउछन्  । ढोरपाटन र निसी क्षेत्रमा बजारीकरणभन्दा पनि व्यवस्थापनमा मात्रै जोड दिए होमस्टे सञ्चालन गर्न सकिने उहाँको दाबी छ । दिगो पर्यटन परियोजनाले उनको दाबी जस्तै घरबास चलाउनका लागि युवालाई दक्ष बनाउने र उत्प्रेरणा दिने काम गरिरहेको छ ।

‘१३ वर्ष भयो विदेशका होटल रेष्टुरेण्टमा काम गरेर फर्किएको, अब म विदेश नजाने, यही धेरै गर्न सकिन्छ भन्ने लाग्यो’ निसीखोला गाउँपालिका–३ का लोकबहादुर शाहीले भने, “जापान जाने योजना थियो, अब जापान होइन घर आँगनमै कमाउने योजना छ ।” उनी आफ्नै बारीको उत्पादनलाई बहुमुल्य बनाउने गरी घरबास चलाउने तयारीमा छन् । बारीकै उत्पादनलाई आधुनिक परिकार बनाउन सकिन्छ भन्ने थाहा नभएकै कारण विदेशिनु परेको दुःख सुनाउँदै उनले भने, “लगानी थोरै, आम्दानी र सेवा दुवै हुँदो रहेछ ।”

प्रकाशित समय : १३:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु