गृहपृष्ठ पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड
पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड
हरितालिका तीज पर्वका अवसरमा आज काठमाडौँको पशुपतिनाथ मन्दिरमा भगवान् शिवको पूजा आराधना गर्न आएका भक्तजन । तस्बिरः किरणराज विष्ट/रासस
आज हरितालिका तीज पर्व मनाइँदैछ । भदौ शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
हरितालिका तीज पर्वको अवसरमा पशुपतिनाथलगायतका देशभरका शिव मन्दिरहरूमा बिहानैदेखि चहलपहल शुरू भएको छ । बिहान पानी पर्दा दर्शनार्थी व्रतालुहरूले छाता ओढ्दै लाइनमा बसेका थिए । पशुपतिमा दर्शनार्थीको भीड लागेको छ ।
प्रकाशित समय : ११:०५ बजे



















