global ime bank Long Banner Ad

गृहपृष्ठ संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु

संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु

संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु

संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रारम्भ गरेको छ । समितिले विभिन्न देशका लागि प्रस्तावित १७ जना राजदूतमध्ये आज चारको सुनुवाइ गर्ने कार्यतालिाका बनाएको छ ।

समितिले आज चीनका लागि प्रस्तावित प्राडा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा शैल रुपाखेती, गणतन्त्र भारतका लागि डा शङ्करप्रसाद शर्मासँग छलफल गर्न लागेको हो । समितिले शुक्रबार प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमा उल्लेख गरिएका विषयवस्तुबारे उजुरीकर्तासँग पुस्टयाँइ माग गर्दै छलफल गरेको थियो ।

समितिले सुरुआतमा चीनका लागि प्रस्तावित प्राडा ओलीबाट छलफल सुरु गरेको छ । समितिको बैठकमा कार्ययोजना पेस गर्दै उनले नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने र जनस्तरमा थप विस्तार गर्ने बताएका छन् । सुनुवाइ समितिमा उहाँले आफ्नो कार्ययोजना पेस गरिरहेका छन् ।

गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो । सरकारले इजरायलका लागि प्रा धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना र पाकिस्तानका लागि रीता धिताललाई सिफारिस गरेको छ ।

प्रकाशित समय : १२:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु