global ime bank Long Banner Ad

गृहपृष्ठ जुम्लाको गुठीचौरमा प्याराग्लाइडिङ महोत्सव हुँदै

जुम्लाको गुठीचौरमा प्याराग्लाइडिङ महोत्सव हुँदै

जुम्लाको गुठीचौरमा प्याराग्लाइडिङ महोत्सव हुँदै

जुम्लाको गुठीचौर गाउँपालिकाको गुठीचौर उपत्यकामा प्याराग्लाइडिङ महोत्सवको आयोजना हुने भएको छ ।

गुठीचौरको पर्यटन प्रवर्द्धनको उद्देश्यले यही भदौ २५ देखि ३० गतेसम्म प्याराग्लाइडिङ महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि प्याराग्लाइडिङको सफल परीक्षण भइसकेको छ ।

गुठीचौरको प्रचारप्रसार र पर्यटकीय गतिविधि बढाउनका लागि पालिकाले महोत्सव गर्न लागेको अध्यक्ष बुढाले बताउनुभयो । महोत्सवमा खुला पुरुष भलिबल प्रतियोगिता र खुला महिला देउडा प्रतियोगिता पनि आयोजना गर्न लागिएको छ ।

प्रकाशित समय : १२:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु