काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

‘गौराले आपसी प्रेम, सद्भाव र आत्मियता अभिवृद्धि गर्नेछ’

2.39K
shares

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेशको सांस्कृतिक एवं धार्मिक पर्व गौराले आपसी प्रेम, सद्भाव र आत्मियता अभिवृद्धि गर्दै जाने विश्वास व्यक्त गरेका छन् ।

गौरा पर्व २०८१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले परापूर्वकालदेखि मनाइँदै आइरहेको गौरा पर्वले मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा विकासमा टेवा पुर्याउने बताए।

“सुदूरपश्चिममा विशेष महत्वकासाथ परापूर्वकालदेखि मनाइँदै आइरहेको गौरा पर्वले सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक महत्व बोकेको छ”, शुभकामना सन्देशमा भनिएको छ, “यसपर्वले सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित नयाँ उमङ्ग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने अपेक्षासहित शुभकामना व्यक्त गर्दछु ।”

उनले सन्देशमार्फत गौरा पर्वका अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, समृद्धि सुस्वास्थ्य एवं दीर्घायु तथा प्रगतिको कामना गरेका छन् । सुदूरपश्चिमेलीहरूको महान् पर्व गौरा शनिबारदेखि सुरु भएको छ । पञ्चमीदेखि सुरु हुने यो पर्वको शनिबार पहिलो दिन घरघरमा बिरुडा भिजाइएर मनाइएको थियो ।