काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एमालेको सचिवाल बैठक बिहीबार बस्ने

1.91K
shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार उक्त बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार दिउँसो १ बजे बस्ने छ ।

यसैगरी, सचिवालय बैठकका ‘एजेन्डा’ तय गर्न आज केन्द्रीय कार्यालयमा कार्यालय बैठक बसेको थियो । महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको कार्यालय बैठकले सचिवालय बैठकका लागि पार्टीको वार्षिक कार्यायोजना र समसामयिक राजनीतिक विषयका एजेन्डा तय गरेको छ ।

बैठकमा महासचिव पोखरेलसहित उपमहासचिवहरु, सचिवहरु र कार्यालय सचिव सहभागी रहेका सो पार्टीले जनाएको छ ।