global ime bank Long Banner Ad

गृहपृष्ठ बागलुङको बोङ्गाखोलामा पक्की पुल निर्माण

बागलुङको बोङ्गाखोलामा पक्की पुल निर्माण

बागलुङको बोङ्गाखोलामा पक्की पुल निर्माण

बागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको छ । पुलको लागत दुई करोड ७१ लाख २७ हजार ९६४ रहेको बताइएको छ ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले लामो समयको प्रयासपछि बोङ्गाखोलामा पुल निर्माण भएको बताए । गाउँपालिकामा सबै याममा सवारी साधन सञ्चालन गर्न अझै आठ वटा पुल निर्माण गर्न बाँकी रहेको उनले बताए । गाउँपालिकाले गत आर्थिक वर्षमा रु ८७ लाख ६७ हजार नौ सय २६ को लागतमा भिकोसघाटमा पक्की पुल निर्माण गरेको जानकारी दिए । चार वर्षअघि  २०७९ चैत ३० भित्रमा निर्माण पूरा गर्नेगरी निर्माण कम्पनी कान्तिपथ कन्ट्रक्सनसँग सम्झौता भएको सडक डिभिजन कार्यालयका इन्जिनियर अमर अधिकारीले बताए । “ढिलो भएपनि पुल पूरा भयो तर निर्माण कम्पनीलाई रु ६० लाख भुक्तानी गर्न बाँकी  छ,” विनियोजित बजेट कम भएकाले भुक्तानीमा समस्या भएको उनले बताए ।

प्रकाशित समय : ०७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु