गृहपृष्ठ टेक्नो मोबाइलको ब्रान्ड एम्बासडरमा क्रिकेटर आरिफ र आसिफ नियुक्त
टेक्नो मोबाइलको ब्रान्ड एम्बासडरमा क्रिकेटर आरिफ र आसिफ नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई सदस्य आरिफ शेख र आसिफ शेख टेक्नो मोबाइलको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्।
टेक्नोले बिहीबार उनीहरूलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको हो। सम्झौता अवधि र रकम भने खुलाइएको छैन। टेक्नो मोबाइलका सिएओ अरिजित तलपात्राले आरिफ र आसिफलाई ब्रान्ड एम्बासडरका नियुक्त गर्न पाउँदा आफू उत्साहित रहेको बताए।
टेक्नोसँगको सम्बन्धले ब्रान्ड छवी र यसमा युवाहरूको संलग्नतालाई अझ उच्च बनाउने आस आफूले गरेको उनले बताए। कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, म्यानेजर विनोद दासलगायतको उपस्थिति थियो।
प्रकाशित समय : १०:११ बजे



















