global ime bank Long Banner Ad

गृहपृष्ठ सिन्धुपाल्चोकमा गएराति पनि ठूलो वर्षा, मेलम्चीमा बाढी

सिन्धुपाल्चोकमा गएराति पनि ठूलो वर्षा, मेलम्चीमा बाढी

सिन्धुपाल्चोकमा गएराति पनि ठूलो वर्षा, मेलम्चीमा बाढी

केही दिनदेखि सिन्धुपाल्चोकका विभिन्न ठाउँमा दिनहुँजसो ठूलो पानी पर्दै आएको छ । गएराति पनि सिन्धुपाल्चोकमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको मेलम्ची घ्याङमा १४२ दशमलव ६ मिलिमिटर र तार्के घ्याङमा १३८ मिलिमिटर वर्षा भएको छ । सिन्धुपाल्चोककै भोताङमा ११३ दशमलव ८ मिलिमिटर, मानेखर्कमा १०७ दशमलव २ मिलिमिटर र ढुंगेमा ९० दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नदी नाकोटे जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो रहेकोले मेलम्ची बजार लगायत तल्लो नदी तटीय क्षेत्रमा बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले बिहान ९ बजेसम्म उच्च सतर्कताका साथै सुरक्षित ठाउँमा बस्न बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

गएराति सिन्धुपाल्चोकसहित बाग्मती, गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा पनि पानी परेको छ ।

आज दिउँसो पनि कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

प्रकाशित समय : ०९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु