global ime bank Long Banner Ad

गृहपृष्ठ विश्व आदिवासी दिवस सप्ताहव्यापी मनाइँदै

विश्व आदिवासी दिवस सप्ताहव्यापी मनाइँदै

विश्व आदिवासी दिवस सप्ताहव्यापी मनाइँदै

विश्व आदिवासी दिवसका अवसरमा नेपाल जनजाति महासङ्घले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । प्रत्येक वर्ष अगष्ट ९ मा विश्व आदिवासी दिवस मनाइँदै आइएको छ । नेपालका आदिवासीले पनि जातीय, भाषिक, साँस्कृतिक तथा धार्मिक पहिचानलाई स्थापित गर्न यस दिवसलाई अवसरका रुपमा मनाउँदै आएका छन् ।

३०औँ विश्व आदिवासी दिवसका अवसरमा महासङ्घले यस वर्ष विभिन्न जातीय संस्थासहित आ–आफनो मौलिक साँस्कृतिक नृत्य, झाँकी, कलाकृति र जातीय भेषभूषासहित सप्ताव्यापी कार्यक्रम आयोजना हुँदैछ । महासङ्घले आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत यस दिवसका अवसरमा यहि साउन २० गतेदेखि २७ गतेसम्म विभिन जातीय संघसंस्थासहित आयोजना गरिने कार्यक्रमबारे जानकारी दिएको हो ।

यस वर्ष ‘संविधान प्रदत्तअधिकार आदिवासीहरुको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर’, भन्ने मूल नारा सहित यो दिवस मनाइदैछ ।

महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले संविधानप्रदत्त आदिवासीको हक कार्यान्वयनका लागि जातीय सङ्गठनले एकजुट भएर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आदिवासीको मुद्धालाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय रुपमा बहस पैरवी गर्ने समेत यो दिवस महत्वपूर्ण अवसर भएको बताए ।

प्रकाशित समय : १७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु