global ime bank Long Banner Ad

गृहपृष्ठ डेंगु स्क्रिनिङ्गका लागि १७ हजार किट वितरण

डेंगु स्क्रिनिङ्गका लागि १७ हजार किट वितरण

डेंगु स्क्रिनिङ्गका लागि १७ हजार किट वितरण

प्रदेश तथा स्थानीय सरकारलाई केन्द्रले डेंगु रोगको स्क्रिनिङ्गका लागि आवश्यक किट पठाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही जिल्लाहरूमा १७ हजार किट पठाएको हो ।

गत वर्ष डेंगु रोगको स्क्रिनिङ्गका लागि ४६ हजार डेंगु किट प्रदेश तथा स्थानीय तहहरूमा वितरण गरिएको थियो । यो वर्ष श्रावण महिनामा १७ हजार किट वितरणको लागि जिल्लाहरूमा पठाइएको मन्त्रालयले जनाएको छ ।

सरकारी पछिल्लो तथ्यांक अनुसार मुस्ताङ, डोल्पा, हुम्ला र जुम्ला बाहेक ७३ वटा जिल्लाका २ हजार ६१ जनामा डेंगु सङ्क्रमण देखिएको हो ।

डेंगु नियन्त्रणका लागि सरकारले ‘लामखुट्टेको बासस्थान खोजी नष्ट’ अभियान र डेंगुबाट हुने मृत्युलाई शून्यमा कायम राख्न कार्य गर्दै आएको छ ।

प्रकाशित समय : १२:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु