काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

शान्तिश्री परियारको नयाँ तीज गीत सार्वजनिक

2.18K
shares

गायिका शान्तिश्री परियारको स्वरमा नयाँ तीज गीत ‘बैँस जोबन उम्रो’ सार्वजनिक भएको छ । डीआर सुजनको शब्द, सङ्गीत र आशिष अविरलको एरेन्ज रहेको गीतमा जीवनमा दुःख सुख भनेको आइरहन्छ, दुःखमा आत्तिने र सुखमा नमात्तिने नै जीवन यापनको सजिलो माध्यम हो भन्ने सन्देश दिन खोजिएको छ ।

डीआर सुजन, अञ्जली अधिकारी र सरस्वती खत्रीको अभिनय रहेको गीतको भिडियोमा नवराज उप्रेतीको छायाङ्कन, विकास ज्ञवालीको सम्पादन र काजिस श्रेष्ठको कोरियोग्राफी छ । भिडियोलाई डीआर सुजन आफैँले निर्देशन गरेका हुन् ।