global ime bank Long Banner Ad

गृहपृष्ठ अध्यक्ष दाहालले भोलि जवाफ दिने

अध्यक्ष दाहालले भोलि जवाफ दिने

अध्यक्ष दाहालले भोलि जवाफ दिने

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा नेताहरुले आफ्नो धारणा राख्ने क्रम सकिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकमा पदाधिकारीमा रहनुभएका नेताहरुले आफ्नो धारणा राख्ने क्रम सकिएको उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

बैठकमा अधिकांश नेताले पार्टी वर्गीय धरातलमा फर्कनुपर्ने, शुद्धीकरणलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेर सङ्गठन निर्माण र जनपरिचालन गर्नुपर्नेमा जोड दिए । सङ्गठन निर्माणका लागि सरकारबाट बाहिरिएपछिको अवस्था सकारात्मक रहेको भन्दै नेताहरुले त्यसका लागि माथिबाटै पहल गर्नुपर्ने बताए नेताहरुले उठाएको प्रश्नको मङ्गलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यक्रम छ ।

प्रकाशित समय : १९:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु