काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई निलम्बन गर्न सांसद जबराको माग

2.67K
shares

सत्तारुढ नेपाली कांग्रेसका सांसद उदयसमशेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई तत्काल निलम्बन गर्न सरकारसँग माग गरेका छन्।

प्राधिकरणकै कारण हवाई दुर्घटना भइरहेकाले सरकारले जिम्मेवार निकाय र व्यक्तिको रुपमा त्यसको नेतृत्वलाई निलम्बन गरेर सौर्य एयरलाईन्सको विमान दुर्घटनाबारे छानबिन कार्यलाई तिव्रता दिनुपर्ने बताए ।

सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद जबराले प्राधिकरणले हवाई सेवा सुरक्षाका लागि कुनै प्राथमिकता नदिएको जिकिर पनि गरे ।

विमानको मर्मत सम्भारका लागि बजेटको कमी हुँदा पनि विमानहरु दुर्घटना हुन गएको सांसद जबराको भनाइ थियो ।

उनले भनने,‘अहिलेको डिजीले राजीनामा दिनुपर्दैन ? अथवा डिजीले राजीनामा नदियो भने नेपाल सरकारले अनुसन्धान चलिरहेको बेलासम्म त्यो डिजीलाई सस्पेन्स गर्नु पर्दैन? हामीले यो विभिन्न घटनाहरु हुन्छ। हामी सबैले संसदमा बोल्छौँ । यो बस दुर्घटना होस् कि एयर दुर्घटना होस्, त्यो पछि हामी बिर्सिन्छौँ। एयर सेफ्टीलाई प्राधिकरणले प्राथमिकता दिन सकेको छैन ।’