global ime bank Long Banner Ad

गृहपृष्ठ ज्योति विकास बैंकद्वारा विभिन्न गौरवमय सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि सम्झौता

ज्योति विकास बैंकद्वारा विभिन्न गौरवमय सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि सम्झौता

ज्योति विकास बैंकद्वारा विभिन्न गौरवमय सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि सम्झौता

ज्योति विकास बैंकले १६औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत ३ वटा विविध अतिगौरवमय सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको लागि सम्झौता तथा उद्घोषण गरेको छ।बैंकले स्वास्थ्य, शिक्षा, र सशक्तिकरणका क्षेत्रहरूमा दीर्घकालीन प्रभाव र सकारात्मक परिवर्तन ल्याउन, समाजको समग्र विकास गर्न, र समुदायलाई समृद्ध र आत्मनिर्भर बनाउने उद्देश्यले सो सहयोग प्रदान गरेको हो ।

ज्योति विकास बैंकले शारीरिक तवरले फरक बालबालिकाहरुलाई कृत्रिम हात प्रदान गर्न ई-नेबल नेपालसँग सहकार्य गर्न सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कपिल ढकाल तथा ई-नेबल नेपालका अध्यक्ष श्री सुरेन्द्र श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यस सहकार्यको माध्यमबाट बैंकले १६ जना बालबालिकाहरुलाई घम् प्रिन्टेड कृत्रिम हात प्रदान गर्नेछ । प्रदान गरिने कृत्रिम हातहरूले बालबालिकाहरुलाई सामान्य दिनचर्यामा सहयोग पुर्याउनुका साथै बालबालिकाको मनोबल र आत्मविश्वासलाई पनि उच्च राख्न सहयोग गर्ने विश्वास बैंकले राखेको छ । बैंकलेयस अघि पनि ई-नेबल नेपाल संगको सहकार्यमा १५ जना बालबालिकाहरुलाई उक्त हातहरु प्रदानगरेको थियो ।

यसका साथै, बैंकले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्यमा “न्यानो नानी”परियोजना-५ लाई निरन्तरता दिने घोषणा गरेको छ । हाइपोथर्मियाको कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई हृदयङ्गम गर्दै, उक्त जोखिमलाई न्यूनीकरण गर्ने अतिसंवेदी र महत्वपूर्ण १० वटा जीवनरक्षक चिकित्सा उपकरण न्यानो नानीु बेबी वार्मर मेसिन बनाई, आवश्यकता भएका विभिन्न स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरमा जडान गर्न बैंकले सहयोग गर्ने सम्झौता भएको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कपिल ढकाल तथा राष्ट्रिय आविष्कार केन्द्रका महाप्रबन्धक श्री संजय झाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

बैंकले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्यमा हालसम्म विभिन्न चरणहरु मार्फत देशका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरहरुमा ४५ वटा बेवी वार्मर जडान गरि सकेको छ । साथै, बैंकले अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरुलाई विज्ञ मार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम पनि प्रदान गर्नुका साथै त्यसको उच्चतम सदुपयोग सुनिश्चित गर्न विशेष तालिमको लागि पनि समन्वय गर्दै आएको छ ।

त्यसैगरी, बैंकले वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत स्वावलम्बन नेपाल संस्थासंगको सहकार्यमा संस्थामा अभिभावक विहीन बालबालिहरुको आंशिक भएपनि अभिभावकत्व निर्वाह गर्ने, सिकाइ वातावरण अभिवृद्धि र समग्र शैक्षिक अनुभवमा गुणात्मक सुधार ल्याउने उद्देश्यका साथ डेस्क बेञ्चहरु प्रदान गर्ने प्रतिबद्धता सहितको सम्झौता गरेको छ ।

संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्धरहेको छ ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थपउत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले हालसम्म करिब ९०० भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ । यस्ता जिवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यका बाहिरगरी हाल १२१ शखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटाएटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

 

प्रकाशित समय : १७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु