global ime bank Long Banner Ad

गृहपृष्ठ उच्च अदालत विराटनगरद्वारा चौध हजार मुद्दा फछ्र्याैट

उच्च अदालत विराटनगरद्वारा चौध हजार मुद्दा फछ्र्याैट

उच्च अदालत विराटनगरद्वारा चौध हजार मुद्दा फछ्र्याैट
उच्च अदालत विराटनगरले विगत पाँच वर्षको अवधिमा १४ हजार एक सय दुई मुद्दा फछ्र्यौट गरेको छ । उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदीशप्रसाद भट्टका अनुसार चौथो पञ्चवर्षीय रणनीतिक योजना अनुसार विगत पाँच वर्षको अवधिमा २६ हजार ३० मुद्दामध्ये ४५ दशमलव ८२ प्रतिशत मुद्दा  फछर्यौट गरिएका उनले जानकारी दिए ।
आर्थिक वर्ष २०७६/७७ देखि  २०८०/८१ सम्ममा  जिम्मेवारी सरी आएका नौ हजार ६८७ तथा सोही अवधिमा नयाँ दर्ता १६ हजार तीन सय ४३ मुद्दा फछ्र्याैट भएकामा एघार हजार नौ सय २८ मुद्दा बाँकी रहेका छन् । उक्त अवधिमा दुई वर्षे पुरानो मुद्दा १२ बाँकी रहेका छन् ।
यसैगरी अदालतले गत आर्थिक वर्ष २०८०/८१ मा तीन हजार आठ सय ८० मुद्दा फछ्यौट गर्ने लक्ष्य राखेकामा तीन हजार दुई सय ५४ मुद्दा फछ्यौट भएका थिए । सो आवमा  जिम्मेवारी सरी आएका दुई हजार ५४४ र नयाँ दर्ता तीन हजार ४२२ गरी जम्मा पाँच हजार ९६६ मध्ये तीन हजार २५४ मुद्दा फछ्र्याैट भएका उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले जानकारी दिए । उनले १२ न्यायाधीशको दरबन्दी भए पनि कार्यरत न्यून भएका कारण मुद्दा फछ्यौटको सङ्ख्यामा कमी आएको बताए ।
अदालतमा मुद्दाको चापकाच कारण बिहान १० बजेदेखि साँझ ८ बजेसम्म न्याय सम्पादनका लागि न्यायाधिशहरु  खटिने गरेका मुख्य न्यायाधीश राजभण्डारीले जानकारी दिए । न्याय सुशासनलाई प्रमुख प्राथमिकतामा राखेको उनको भनाइ छ ।

प्रकाशित समय : १४:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु