nmb bank

गृहपृष्ठ कर्णाली प्रदेश प्रमुखद्वारा विधेयक प्रमाणीकरण

कर्णाली प्रदेश प्रमुखद्वारा विधेयक प्रमाणीकरण

कर्णाली प्रदेश प्रमुखद्वारा विधेयक प्रमाणीकरण

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेशसभाले पारित गरेका दुई विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुख परियारले ‘आर्थिक वर्ष २०८१÷८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट व्यय हुने रकम विनियोजन गर्ने एवं सो रकम खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘कर्णाली प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन् ।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा, २०१ को उपधारा ९२० बमोजिम बिहीबार दुई विधेयक प्रमाणीकरण गर्नुभएको कर्णाली प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए ।

प्रकाशित समय : १९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु