nmb bank

गृहपृष्ठ खेत जोतिरहेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु

खेत जोतिरहेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु

खेत जोतिरहेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु

सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत एकजनाको खेत जोतिरहेको ट्रेक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।

बरहथवा १२ पटेर्वा गाउँमा गएराति ९ बजेको समयमा खेत जोतिरहेका ना.६ त. १२६५ नम्वरको ट्रेक्टर पल्टिएर स्थानिय पुरैनिया गाउँका ३० बर्षिय चालक सुरेश रायको घटना स्थलमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले घटनाको पुष्टि गर्दै मृतक चालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको बताएका छन ।

 

प्रकाशित समय : १३:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु