गृहपृष्ठ सरुमारानीका १२० जना किसानलाई कोरेली पाडी
सरुमारानीका १२० जना किसानलाई कोरेली पाडी
सरुमारानी गाउँपालिकाले किसानलाई भैसीका कोरेली पाडी वितरण गरेको छ ।
दुध आयातलाई प्रतिस्थापन गरी दुधजन्य पदार्थमा सरुमारानीलाई आत्मनिर्भर बनाउने उद्देश्यले ती पाडी वितरण गरिएको सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर बिश्वकर्माले जानकारी दिए ।
किसानसङ्ग गाउँ सरकार कार्यक्रमअन्तर्गत पशुपालक किसानलाई पाडी वितरण गरिएको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार पालिकाको ९० प्रतिशत र किसानको १० प्रतिशत लागत साझेदारीमा एक सय २० जना किसानलाई भैँसीका पाडी वितरण गरिएको उहाँले जानकारी दिए ।
प्रकाशित समय : १९:४० बजे



















