nmb bank

गृहपृष्ठ व्यवसायीलाई करको दायरामा ल्याउने रामग्रामको अभियान

व्यवसायीलाई करको दायरामा ल्याउने रामग्रामको अभियान

व्यवसायीलाई करको दायरामा ल्याउने रामग्रामको अभियान
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगर क्षेत्रभित्रका लघु, घरेलु तथा साना उद्योग, व्यापार तथा अन्य व्यवसायीलाई करको दायरामा ल्याउन अभियान सुरु गरेको छ । अभियानअन्तर्गत नगरपालिकाले नयाँ व्यवसाय दर्ता, नवीकरण र अनुगमनलाई तीव्रता दिइएको हो ।
चालु आर्थिक वर्षमा नगरका वडा नं १, २, ३, ५, ६ र १० मा व्यवसाय दर्ता तथा नवीकरण अभियान सञ्चालन गरिएको छ । छ वटा वडामा सञ्चालित व्यवसाय दर्ता अभियानका कारण हालसम्म पाँच सय ३४ व्यवसायको अनुगमन गरिएको बताउँदै नगरपालिकाका लेखा अधिकृत सञ्जयकुमार शर्माले एक सय ९४ नयाँ व्यवसाय दर्ता भएका जानकारी दिनुभयो । नविकरण र नयाँ दर्तासँगै दुई हजार दुई सय २९ व्यावसाय पुगेका छन् ।
यो अवधिमा गरिएको अनुगमन र दर्ताबाट १६ लाख ८१ हजार चार सय ४० राजस्व सङ्कलन गरिएको लेखा अधिकृत शर्माले जानकारी दिए । आगामी आवमा पनि अभियान सञ्चालन गरी व्यवसायीलाई करको दायरामा ल्याउने योजना नगरको रहेको छ ।
किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषणा
रामग्राम नगरपालिकामा रहेका दुई स्वास्थ्य संस्थालाई किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । विभिन्न ४५ वटा मापदण्ड निर्धारण गरिएकामा ८० प्रतिशत बढी सूचक पूरा भएपछि किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।
वडा नं १६ स्थित शुक्रौली स्वास्थ्यचौकी र वडा नं १४ स्थित अमरौट स्वास्थ्यचौकी किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषणा  गरिएको नगरप्रमुख धनपत यादवले जानकारी दिए । सबै उमेर समूहलाई विशिष्टीकृत सेवा दिने अवधारणाअनुरुप किशोरकिशोरीका लागि पनि मैत्रीपूर्ण सेवाको सुरुआत गरिएको उनले बताए ।
किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ को दफा ५ को व्यवस्थाका आधारमा दुई स्वास्थ्यचौकीलाई मैत्रीपूर्ण संस्था घोषणा गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिए । “दुई स्वास्थ्य संस्थामा किशोरकिशोरीका समस्या समाधानका लागि फोकल पर्सन र कक्षको व्यवस्था गरेका छौँ”, उनले भने ।
किशोरकिशोरीमा हुने शारीरिक तथा मानसिक विकास, प्रजनन स्वास्थ्य, विभिन्न रोग तथा अङ्गका विषयमा जानकारी लिन उनीहरु बिना सङ्कोच स्वास्थ्य संस्थामा गएर जानकारी लिन सक्ने छन् । कुनै समस्या भएमा फोकल पर्सनलाई जानकारीसमेत गराउन सक्ने व्यवस्था गरिएको छ ।
आगामी आवमा नगरका सबै स्वास्थ्यचौकीबाट यो सेवा प्रदान गर्ने लक्ष्यका साथ बजेट विनियोजन भएको नगरपालिकाले जनाएको छ । यो अभियानमा ग्रिनतारा नेपालले सहयोग गर्दै आएको छ ।

प्रकाशित समय : १३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु