nmb bank

गृहपृष्ठ यो सरकारले संसद्को सामना गर्ने आँट गर्नुपर्छ- अध्यक्ष नेपाल

यो सरकारले संसद्को सामना गर्ने आँट गर्नुपर्छ- अध्यक्ष नेपाल

यो सरकारले संसद्को सामना गर्ने आँट गर्नुपर्छ- अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सामना गर्ने आँट गर्नुपर्ने टिप्पणी गरेका छन् ।

शुक्रबार महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै एकीकृत समाजवादी अहिलेको सरकारमा कायम रहेको उल्लेख गर्दै यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्ने टिप्पणी गरेका हुन् ।

उनले भने, ‘हामी अहिलेको यो सरकारमा कायम रहेका छौं । यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ । हाम्रो पार्टीहरूको बीचको सम्बन्धलाई कायम राख्नुपर्छ ।’

अध्यक्ष नेपालले आफ्नो दलले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तिब्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।

राष्ट्रिय महत्वको, सरोकारको विषयमा व्यापक छलफल गरेर अगाडी बढ्नु पर्नेमा दुई दलले मात्र खुसुक्क सहमति गर्नु आपत्तिजनक रहेको उनले बताए ।

 

प्रकाशित समय : १२:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु