global ime bank Long Banner Ad

गृहपृष्ठ मधेश प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

मधेश प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

मधेश प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

मधेश प्रदेशसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ । बजेटमाथि छलफल सकिएपछि आजै बजेट पारित गर्ने प्रदेश सरकारको तयारी छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा जनमत पार्टीका सिंह गत जेष्ठ २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । उनको नेतृत्वमा सरकार बनेको ७ दिनमै अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिएको थियो।

तर, रातो किताबमा गडबड भएपछि बजेटमाथि अहिलेसम्म छलफल पनि सुरु हुन सकेको छैन । अधिकांश सांसदहरूको योजना रातो किताबमा छुटेको भन्दै प्रतिपक्षी दलहरूले विरोध जनाएपछि बजेटमाथि छलफलमा ढिलाइ भएको हो ।

प्रकाशित समय : ०९:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु