गृहपृष्ठ राष्ट्रिय धान दिवसको अवसरमा रोयलइनफिल्ड बिरगंज देखि ठोरी सम्म कोराइड सम्पन्न
राष्ट्रिय धान दिवसको अवसरमा रोयलइनफिल्ड बिरगंज देखि ठोरी सम्म कोराइड सम्पन्न
बारापर्साका लागि रोयलइनफिल्डका आधिका रिकविक्रेता, नोभसब्रदर्सप्रा. लि. ले रोपाईराइड सफलता पूर्वक सम्पन्न गरेका छन् । यो विशेष कार्यक्रम राष्ट्रिय धान दिवसको अवसरमा शनिबार बिहान बिरगंज स्थितरोयलइनफिल्ड शोरुम बाट ठोरी सम्म आयोजना गरिएको थियो ।
यो राइडमा करिब २५ जना सहभागीहरू रहेका थिए । यस राइडको उद्देश्य राष्ट्रिय धान दिवसको महत्वलाई उजागर गर्दै कृषिको व्यवसायीकता प्रवर्धन गर्ने टेवा पुगोस र कृषिमा आधुनिकरणर होस भनि जागरण गरेका थिए । ठोरीमा सबै राइडरहरूले रोपाइ कार्य, बाउसे एवं रोपाइका गतिविधिमा संलग्न भइबाइक प्रेमीहरुल रोमान्चक अनुभव संगाले ।
नोभसब्र्दर्स प्रालिका प्रबन्ध निर्देशक श्री अनुप अग्रवालले यस अवसरमा सहभागी भएका सबै बाइक प्रेमीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए भने अल्फा अटोमोटिभ प्रालिका नेशनल कार्टहेड श्री दिपेश श्रेष्ठले सेफराइडिङग र रोडक्याप्टेनको भुमिका निर्वाह गरेका थिए ।
प्रकाशित समय : ११:३० बजे


















