काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्रीले उदघाट्न गर्ने सभाहलको शहरी विकासमन्त्रीले चितवन पुगेर गरे निरीक्षण

3.5K
shares

शहरी विकास मन्त्री धनबहादुर बुढाले चितवनको सौराहमा निर्माण गरिएको सभाहलको अनुगमन तथा निरीक्षण गरेका छन् ।

शहरी विकास मन्त्रालय अन्र्तगतको संघीय आयोजना कार्यान्वयन इकाई चितवनले सौराहमा निर्माण गरेको एक हजार सिट क्षमताको उक्त सभाहलको शनिवार मन्त्री बुढाले निरीक्षण गरेका हुन ।

प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनपछि उदघाट्न गर्ने कार्यक्रम तय भएपछि सभाहलको निर्माण सम्पन्नपछिको अवस्थाका साथै त्यसको गुणस्तरवारे निरीक्षण एवं अवलोकनका लागि मन्त्री बुढा चितवन पुगेका हुन । सभाहलको अनुगमन गर्दै मन्त्री बुढाले सरकारी एवं निजी क्षेत्रबाट गरिने विभिन्न महत्वपुर्ण कार्यक्रमका लागि सभाहल उपयोगी हुने भन्दै सरकारले अन्य जिल्लामा पनि सभाहल निर्माणको कामलाई प्राथमिकता दिएको उल्लेख गरे।

पर्यटकीय नगरी सौराहमा निर्माण भएको एक हजार सिट क्षमताको सभाहलले ठुला खाले कार्यक्रम गर्न अझै सहज हुने भन्दै समग्र चितवनको विकासमा यसले महत्वपुर्ण योगदान दिने बताए। मन्त्री बुढाले इस्टिमेट डिजाइन अनुसार अन्तिमसम्मको का