global ime bank Long Banner Ad

गृहपृष्ठ सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

न्यायाधीश रोमाकान्त ज्ञवालीको एकल इजलासले शुक्रबार तीन दिन म्याद थपेको हो । जिल्ला सरकारी वकिलको कार्यालयले ५ दिन मागेको थियो । तर इजलासले ३ दिन मात्र म्याद थपेको छ ।

नागरिकतासम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीले सिरोहियालाई मंगलबार पक्राउ गरी जनकपुर लगेको थियो ।

प्रकाशित समय : १८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु