global ime bank Long Banner Ad

गृहपृष्ठ भारतको छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा आठ संदिग्ध माओवादी मारिएको दाबी

भारतको छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा आठ संदिग्ध माओवादी मारिएको दाबी

भारतको छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा आठ संदिग्ध माओवादी मारिएको दाबी

भारतको छत्तीसगढको नारायणपुरमा भएको भिडन्तमा सुरक्षा बलले आठ संदिग्ध माओवादी मारिएको दाबी गरेको छ । खोजी कार्य जारी रहेको र मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

भारतीय मिडियाका अनुसार बुधवार राति नारायणपुरको रेकावा क्षेत्रमा माओवादी भएको खबर आएपछि नारायणपुर, विजापुर र दन्तेवाडा गरी तीन जिल्लाका बस्तर फाइटर, एसटीएफ र डिस्ट्रिक्ट रिजर्भ गार्डका जवानहरूले अपरेशन सुरु गरेका थिए ।

बिहीबार दिनभर भिडन्त जारी रहेको र दुवै पक्षबाट बेलाबेलामा गोली हानाहान भएको प्रहरीले जनाएको छ । सो क्रममा प्रहरीले घटनास्थलबाट शंकास्पद सात माओवादीको शव र एउटा अटोमेटिक राइफल बरामद गरेको थियो । यस अपरेशनमा संलग्न करिब एक हजार सैनिकले क्षेत्रलाई चारैतिरबाट घेरेका थिए ।

शुक्रबार बिहान सुरक्षाकर्मीले अर्का एक संदिग्ध माओवादीको शव फेला पारेको बताए । यसरी मारिनेको संख्या आठ पुगेको छ । प्रहरीका अनुसार सैनिकहरू भिडन्त भएको ठाउँबाट अझै फर्किएका छैनन् ।

विगत केही महिनादेखि छत्तीसगढमा संदिग्ध माओवादीहरू विरुद्ध निरन्तर कारवाही भइरहेको छ । गत महिना अप्रिल २ मा प्रहरीले गङ्गलुर क्षेत्रमा १३ माओवादी मारेको दाबी गरेको थियो ।

त्यस्तै, वैशाख १६ गते काङ्केरको कालपरमा भएको भिडन्तमा २९ माओवादी मारिएको प्रहरीले जनाएको छ । नक्सल इतिहासमा छत्तीसगढमा एउटै भिडन्तमा यति ठूलो संख्यामा माओवादी मारिएको थिएन । प्रहरीले यसअघि ३० अप्रिलमा ताकामेटामा १० माओवादी र यही मे १० मा पेडियामा १२ माओवादी मारेको दाबी गरेको थियो ।

 

प्रकाशित समय : १५:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु