गृहपृष्ठ रेडियन्ट रिडर्स र एनएसएसएफबीच सम्झौता
रेडियन्ट रिडर्स र एनएसएसएफबीच सम्झौता
विद्यालय खेलकुदको विकास र प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यसहित ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमी र नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) बीच शुक्रबार सम्झौता भएको छ ।
रेडियन्टका संस्थापक प्रिन्सिपल डिके ढुंगाना र एनएसएसएफका महासचिव समेत रहेका अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) का कार्यकारी सदस्य राजकुमार कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतासंगै रेडिअन्टले आईएसएफको स्वीकृतिमा एनएसएसएफको आधिकारिक सदस्यताको मान्यता पाएको छ ।
सम्झौता अनुसार रेडियन्टलाई आईएसएफको खेलकुद गतिविधिका साथै शैक्षिक र सांस्कृतिक कार्यक्रमका लागि विश्वव्यापी मञ्च उपलब्ध गराउने, आईएसएफको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रथम पक्ष एनएसएसएफ मार्फत सीधै सहभागी हुन पाउने, आईएसएफको अन्तर्राष्ट्रिय मञ्चमा विद्यालयको झण्डा र लोगो प्रयोग गर्न पाउने, आईएसएफ र एसियाली विद्यालय खेलकुद महासंघ (एएसएसएफ) को साधारण सभामा एनएसएसएफको प्रतिनिधिसंगै सहभागी हुन पाउने, विद्यालय खेलकुदको गतिविधिलाई प्रवद्र्धनमा क्रियाशिल हुने पर्नेलगायतका विषयवस्तु समावेश छन् । सम्झौता बढी ३ वर्षसम्म कायम रहने छ ।
सम्झौतापछि महासचिव कार्कीले आईएसएफबाट स्वीकृति प्राप्त सदस्यता आबद्धताको प्रमाण पत्र संस्थापक प्रिन्सिपल ढुंगानालाई हस्तान्तरण गरेका थिए । संस्थापक प्रिन्सिपल ढुंगानाले विभिन्न अन्तर्राष्ट्रिय शैक्षिक संस्थासंग आबद्ध भएपनि खेलकुदको अन्तर्राष्ट्रिय संस्थासंग रेडियन्ट पहिलोपटक आबद्ध भएको जानकारी गराए । उनले रेडियन्टले अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्ने प्रमुख माध्यम मध्येको एक खेलकुदलाई विशेष प्राथमिकता दिदै आएको बताउदै एनएसएस मार्फत आईएसएरसंग जोडिन पाउँदा खुशी व्यक्त गरे
महासचिव कार्कीले एनएसएसएफसंग आबद्ध भएको विद्यालय परिवारलाई धन्यवाद दिदै आबद्धताले खेलकुदका अलावा आईएसएफको विभिन्न सोलिडारिटी परियोजनामा पनि सहभागी हुन पाउने बताए ।
प्रकाशित समय : १५:३५ बजे



















