nmb bank

गृहपृष्ठ पपुवा न्युगिनीमा पहिरो, १०० भन्दा बढीको मृत्यु भएको आशंका

पपुवा न्युगिनीमा पहिरो, १०० भन्दा बढीको मृत्यु भएको आशंका

पपुवा न्युगिनीमा पहिरो, १०० भन्दा बढीको मृत्यु भएको आशंका

पपुवा न्यू गिनीको एक दुर्गम गाउँमा ठूलो पहिरो गएको छ ।

मिडिया रिपोर्टका अनुसार अहिले भग्नावशेषबाट शव निकालिरहेको र मृत्यु हुनेको संख्या १०० भन्दा बढी हुनसक्ने आशंका गरिएको छ ।

अष्ट्रेलियाको सरकारी मिडिया एबीसीको रिपोर्टका अनुसार स्थानीयले १०० जनाको मृत्यु भएको बताएका छन् तर आधिकारिक तथ्यांक अहिलेसम्म उपलब्ध नभएको बताइएको छ ।

पपुवा न्यूगिनीको इन्गा प्रदेशको काओकलाम गाउँमा सो पहिलो गएको हो । पहाडमा राति पहिरोका कारण मानिस सुतेको बेला घरहरु ध्वस्त भएको रिपोर्टमा बताइएको छ ।

 

प्रकाशित समय : १३:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु