nmb bank

गृहपृष्ठ प्रभु बैंकको आज साधारण सभा बस्दै

प्रभु बैंकको आज साधारण सभा बस्दै

प्रभु बैंकको आज साधारण सभा बस्दै

प्रभु बैंकको बिहीबार (आज) वार्षिक साधारण सभा बस्दैछ । प्रभु बैंकले लाभांश प्रस्ताव बिना नै साधारण सभा बोलाएको हो ।

प्रभु बैंकको वार्षिक साधारण सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरण लगायत विषयमा छलफल गरी पारित गर्नेछ ।

सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि वैशाख ४ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित समय : १०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु