nmb bank
skip this global skip add

गृहपृष्ठ बझाङ उपनिर्वाचन : काँग्रेस उम्मेदवार सिंहको अग्रता कायमै

बझाङ उपनिर्वाचन : काँग्रेस उम्मेदवार सिंहको अग्रता कायमै

बझाङ उपनिर्वाचन : काँग्रेस उम्मेदवार सिंहको अग्रता कायमै

बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क)मा भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहको अग्रता कायमै रहेको छ ।

प्राप्त परिणामअनुसार काँग्रेसका उम्मेदवार सिंहले आठ हजार ६ सय २६ मत प्राप्त गरेका छन् । एमालेका दमनबहादुर भण्डारीले आठ हजार तीन सय ९६, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले तीन हजार एक सय ५३ र नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले दुई हजार दुई सय ८७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।

हालसम्म जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, सुर्मा गाउँपालिका, थलारा-९ र मस्टा गाउँपालिका–१ र २ को मत गणना सम्पन्न भएको छ ।

 

प्रकाशित समय : ०९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु