nmb bank

गृहपृष्ठ बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त मन्त्रालयलाई विभाजन गरि युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरेको प्रवत्ता गंगानारण श्रेष्ठले  बताए ।

उनले भने, ‘सामाजिक विकास मन्त्रालय विभाजन गरि युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरेका छौं । अब काम गर्न सहज हुन्छ ।’

बिना विभागीय मन्त्री रमा आले मगरलाई जिम्मेवारी दिनका लागि उक्त मन्त्रालय विभाजन गरिएको बताइएको छ । आले नेकपा (एकीकृत समाजवादी)को तर्फबाट काठमाडौं १० (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। मगर डेढ महिनाअघि बिना विभागीय मन्त्री बनेकी थिइन् ।

याेसँगै बागमतीमा मन्त्रालयको संख्या १३ पुगेको छ । यसअघि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खर्च कटौतीका लागि मन्त्रालयको संख्या १४ बाट घटाएर १२ कायम गरेका थिए । उनले सरकार जोगाउन र भागबण्डा मिलाउन फेरि मन्त्रालयको संख्या बढाएका हुन् ।

 

प्रकाशित समय : ०७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु