nmb bank

गृहपृष्ठ पत्रकारिता क्षेत्रको विकास गर्ने प्रतिबद्धता

पत्रकारिता क्षेत्रको विकास गर्ने प्रतिबद्धता

पत्रकारिता क्षेत्रको विकास गर्ने प्रतिबद्धता

मधेस–प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले पत्रकारिता क्षेत्रको दिगो विकास तथा संरक्षणका लागि मधेस–प्रदेश सरकार योजनाबद्ध तरिकाले अगाडि बढ्ने बताएका छन् ।

सञ्चारिका समूह नेपालद्वारा आज जनकपुरमा आयोजित नेपालमा महिला पत्रकारहरुको ‘नेतृत्व क्षमता विकास’ विषयक दुईदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले सो विचार व्यक्त गरे । मन्त्री लेखीले लोकतन्त्र तथा सञ्चार क्षेत्र एक सिक्काको दुई पाटा रहेको उल्लेख गर्दै लोकतन्त्रमा पत्रकारितालाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउनुपर्ने आवश्यक छ भने ।

सञ्चार क्षेत्रमा काम गर्ने पत्रकार र सञ्चार संस्थाको संस्थागत विकासका लागि एक हप्ताभित्र मधेस–प्रदेश सरकारले बजेट, तालिम, सूचना र सुरक्षाका कार्यक्रम ल्याउने प्रतिबद्धतासमेत व्यक्त गरे । “म मन्त्री भएको धेरै दिन भएको छैन, सबै कुरा बुझ्दै सञ्चारक्षेत्रको विकासमा लाग्नेछु”, उनले भने ।

गोष्ठीमा मन्त्रालयकी राज्यमन्त्री शारदा थापाले मुलुकमा सामाजको विकास तथा सुशासन कायम गर्नका लागि पत्रकारिता क्षेत्रको भूमिका सराहनीय रहेको उल्लेख गर्दै पत्रकारिता क्षेत्रको विकासमा सरकारको हरेक क्षेत्रले सहयोग पु¥याउनुपर्ने आग्रह गरे ।

सञ्चारिका समूह नेपालका अध्यक्ष विमला तुम्ख्वाको सभापतित्वमा भएको सो कार्यक्रममा आसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव र पत्रकार महासङ्घ धनुषाका अध्यक्ष मोनिका झाले पनि पत्रकारको समस्याबारे विचार व्यक्त गरे ।

 

प्रकाशित समय : १६:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु