गृहपृष्ठ महात्वाकांक्षी नभई कार्यान्वयन हुन सक्ने बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरुको सरकारलाई सुझाव
महात्वाकांक्षी नभई कार्यान्वयन हुन सक्ने बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरुको सरकारलाई सुझाव
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो बनाउने भन्ने विषयमा पूर्वअर्थमन्त्रीहरुसँग छलफल गरेका छन् ।
अर्थमन्त्री पुनले पूर्वअर्थमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, डा. युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग आज सुझाव लिएका हुन् ।
बानेश्वरस्थित एक होटलमा पूर्व अर्थमन्त्रीहरुको सुझाव लिएका उनले सबैका उत्तम बिचारलाई बजेटमा समेट्ने बताएका छन् । छलफलका क्रममा पूर्वअर्थमन्त्रीहरुले महात्वाकांक्षी र पपुष्लिट नभई कार्यान्वयन हुन सक्ने खालको यथार्थपरक बजेट ल्याउन सुझाव दिएका छन् ।
उनीहरुले बजेटको आकार नबढाउन पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराए । यस्तै उनीहरुले राष्ट्रिय गौरबका आयोजना, राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना र बहुवर्षीय ठेक्का स्वीकृत भएका चालु आयोजनाबाहेक बिना तयारीका योजनामा बजेट विनियोजन नगर्न भनेका छन् । बजेटको आकार ठूलो नबनाउन निवर्तमान अर्थमन्त्री महतको सुझाव थियो ।
पूर्वअर्थमन्त्री डा. खतिवडाले पनि अर्थमन्त्रीको यो कार्यकाल नै अन्तिम हो भन्ने ठानेर पपुलिष्ट बजेट नल्याउन सुझाव दिए ।
उनले बजेटको आकार अनावश्यक ठूलो बनाउने प्रवृत्तिले कार्यान्यवन नै नहुने समस्या रोगका रुपमा विकास भएको भन्दै बजेटको साख गिराउने काम गर्न नहुने उल्लेख गरे ।
प्रकाशित समय : ११:२९ बजे



















