global ime bank Long Banner Ad

गृहपृष्ठ बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली आज उज्वेकिस्तानको अस्ताना प्रस्थान गरेको छ । यही बैशाख १५ देखि अगामी जेठ ८ गतेसम्म हुने उक्त प्रतियोगितामा एक पुरुष र दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुषको ४८ केजीमा लालप्रसाद उप्रेतीले प्रतिस्पर्धा गर्ने छन् भने महिलाको ४८ केजीमा सुष्मा तामाङ तथा ५० केजीमा रमिशा श्रेष्ठले खेल्ने नेपाल बक्सिङ महासङ्घका महासचिव मनबहादुर भण्डारीले जानकारी दिए । सुष्माले थाइल्यान्डमा भएको गत संस्करणमा रजत जित्दै इतिहास रचेकी थिइन् । नेपाल बक्सिङको इतिहासमा सुष्माले जितेको रजत एसियालीस्तरमा नेपालले प्राप्त गरेको एक मात्र पदक हो ।

प्रशिक्षकमा सुजित पुन मगर तथा निर्णायकमा धनकुमार मैनाली छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल बक्सिङ महासङ्घका अध्यक्ष राम अवालेलगायतले आज यहाँ आयोजित एक सफलताको शुभकामना दिँदै बिदाइ दिए ।

प्रकाशित समय : २१:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु